जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १४ : १२
जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । ३६ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-३  बस्ने ३१ वर्षीय सोमराज नगरकोटीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

नगरकोटीले ती महिलालाई पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस