काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ