ऋणमा डुब्यो त्रिचन्द्र क्याम्पस

पत्रपत्रिकाबाट

शुक्रबार, १३ मंसिर २०७६, ०८ : १५
ऋणमा डुब्यो त्रिचन्द्र क्याम्पस

काठमाडौं । देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड रुपैयाँ घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ । क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।

त्रिचन्द्रले विज्ञान र मानविकी संकायतर्फको शिक्षण शुल्क बढाएको जनाएको छ । विज्ञान र मानविकी संकायमा बढी आर्थिक भार बढेपछि विद्यार्थीलाई जानकारी गराएरै शुल्क बढाइएको सहायक क्याम्पस प्रमुख जनक ढुंगानाले जानकारी दिए । 

उनका अनुसार गत वर्ष क्याम्पसले १ करोड ६४ लाख रुपैयाँ घाटा बेहोरेको छ । लामो समयदेखि शुल्क समायोजन नहुँदा विद्यार्थीबाट उठेको अधिकांश रकम करारका शिक्षकको तलबमा खर्च भएपछि शुल्क वृद्धि गरिएको ढुंगानाले बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस