‘क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जान्छ’

पत्रपत्रिकाबाट

शुक्रबार, १३ मंसिर २०७६, ०७ : ४०
‘क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जान्छ’

काठमाडौं । सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिए पनि नेपालमा क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जाने गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको ज्यान जाने गरेको छ । क्षयरोगकै कारण प्रत्येक वर्ष ७ देखि १२ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक केन्द्रसँग छ ।

नेपालमा हाल नयाँ र पुराना गरी ९० हजार क्षयरोगी छन् । आर्थिक वर्ष २०७२/७३ मा ३२ हजार ३ सय ७९ र २०७३/७४ मा ३१ हजार ७६४ जना उपचाररत् छन् । यस्तै, २०७४/७५ मा ३२ हजार ४ सय ४ र २०७५/७६ मा ३३ हजार ८ सय ७४ नयाँ क्षयरोगी भेटिएका छन् । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरिया ९एमबीडी०को संक्रमणका कारण लाग्छ । क्षयरोगले फोक्सोलाई असर गरे पनि शरीरका अन्य अंगलाई प्रभावित पार्न सक्छ । नेपालमा क्षयरोगका ४ हजार ३ सय २१ डट्स उपचार केन्द्र, ९६ सहरी डट्स केन्द्र, ६ सय ४ रोग निदान केन्द्र, ६७ जिन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत सेवा प्रदान गरिएको छ । हाल ५ सय ९६ माइक्रोस्कोपिक केन्द्रबाट शंकास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आइएको केन्द्रले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस