काठमाडौं । सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिए पनि नेपालमा क्षयरोगका कारण हरेक दिन १८ जनाको ज्यान जाने गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकअनुसार प्रत्येक दिन १८ देखि २२ जनाको ज्यान जाने गरेको छ । क्षयरोगकै कारण प्रत्येक वर्ष ७ देखि १२ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक केन्द्रसँग छ ।
नेपालमा हाल नयाँ र पुराना गरी ९० हजार क्षयरोगी छन् । आर्थिक वर्ष २०७२/७३ मा ३२ हजार ३ सय ७९ र २०७३/७४ मा ३१ हजार ७६४ जना उपचाररत् छन् । यस्तै, २०७४/७५ मा ३२ हजार ४ सय ४ र २०७५/७६ मा ३३ हजार ८ सय ७४ नयाँ क्षयरोगी भेटिएका छन् । क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरिया ९एमबीडी०को संक्रमणका कारण लाग्छ । क्षयरोगले फोक्सोलाई असर गरे पनि शरीरका अन्य अंगलाई प्रभावित पार्न सक्छ । नेपालमा क्षयरोगका ४ हजार ३ सय २१ डट्स उपचार केन्द्र, ९६ सहरी डट्स केन्द्र, ६ सय ४ रोग निदान केन्द्र, ६७ जिन एक्सपर्ट केन्द्र र दुई राष्ट्रिय प्रेषण प्रयोगशालामार्फत सेवा प्रदान गरिएको छ । हाल ५ सय ९६ माइक्रोस्कोपिक केन्द्रबाट शंकास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आइएको केन्द्रले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १३ मंसिर २०७६, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्षयरोगका बिरामी खोज्दै पालिका
चौध वर्षमुनिका २७ जनामा क्षयरोग
विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
एक सय जनामा क्षयरोग सङ्क्रमण
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च