काठमाडौँ । अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ