काठमाडौँ । अवैध हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरसिजका सञ्चालक गोवद्र्धनप्रसाद सरावगी र अर्घाखाँची शीतगङ्गा नगरपालिका–४ का २३ वर्षीय कृष्णप्रसाद भट्टराई रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौँको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भट्टराईबाट रु ३० लाख तथा सरावगीबाट रु आठ लाख १२ हजार बरामद गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ