स्वास्थ्य सरोकार

यसरी व्यावस्थापन हुदैछ भरतपुरका अस्पतालहरुको हानिकारक फोहर

बुधबार, २४ माघ २०७४, १८ : ३४
यसरी व्यावस्थापन हुदैछ भरतपुरका अस्पतालहरुको हानिकारक फोहर

चितवन / भरतपुरमा रहेका अस्पतालबाट निस्कने हानिकाराक फोहर व्यवस्थापनको लागि केन्द्र स्थापन हुने भएको छ । नेपाल सरकारले लिएको ‘एक शहर एक पहिचान’ नीति अनुसार भरतपुर अस्पताल परिसर भित्र प्रशोधन गर्न मिल्ने व्यावस्थापन केन्द्र बन्न लागेको हो । भरतपुर अस्पाललाई नै स्थान पक्का गरि शहरी विकास मन्त्रालय मार्फत निमार्ण गर्न लागिएको केन्द्रको डिपिआर तयार गर्न प्रकृया थालनी गरेको भरतपुर महानगरपालिकाका वातावरण शाखाका प्रमुख ईन्जिनियर प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो । 


नेपाल सरकारको लगानीमा निमार्ण हुने केन्द्रलाई भरतपुर महानगरपालिकाको व्यवस्थापनमा पिपिपि मोडेलमा केन्द्रलाई संचालन गरिने छ । फोहर व्यवस्थापन गरे बापत अस्पतालहरुसगँ शुल्क लिईने छ । उहाँले भन्नुभयो , फोहरको परिमाण अनुसार शुल्क निर्धारण हुन्छ । हानिकारक फोहरलाई मात्र केन्द्रमा पठाईनेछ । केन्द्र निमार्ण गर्न यस बर्षको लागि १० करोड रुपैया विनियोजन भएकाले काम गर्न सहज हुने उहाँको भनाई छ । भरतपुपरमा दैनिक निस्किने ६० टन फोहर मध्ये अस्पतालबाट मात्रै ५ टन फोहर निस्किन्छ । त्यसमा लगभग २० प्रतिशत फोहरलाई हानिकारक मानिएको छ ।
 

प्रतिक्रिया दिनुहोस