१३ औं सागको अवसरमा काठमाडौं उपत्यकाभित्र जोर–विजोर प्रणाली लागू गरिने

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, १५ : ३०
१३ औं सागको अवसरमा काठमाडौं उपत्यकाभित्र जोर–विजोर प्रणाली लागू गरिने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा उपत्यकामा जोर विजोर प्रणालीमार्फत ट्राफिक व्यवस्थापन गरिने भएको छ । 

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी मभीप्रसाद ढकालका अनुसार उपत्यकामा सागको उद्घाटन र सम्पन्न हुने दिन क्रमश –मंसिर १५ र २४) दुई दिन जोर–विजोर प्रणाली लागू गरिने भएको हो । 

‘मंसिर १५ र २४ गते जोर विजोर प्रणाली लागु गरेर उपत्याकामा ट्राफिक व्यवस्थापन गर्ने निर्णय भएको छ । मंसिर १५ गते विजोर नम्बर र २४ गते जोर नम्बरका सवारी साधन चल्नेछन्’ एसएसपी ढकालले भने । 

तर अत्यावाश्यक सेवाका सवारी साधन भने रोकिने छैनन । त्यस्तै भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागु नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ । 

यसैबीच साग सुरक्षा उपसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस