काठमाडौँ । प्रहरीले विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान हुने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले रकम चोरी गर्ने समूहलाई नै पक्राउ गरिएको बताए ।
प्रहरीका अनुसार बातविक खातावालको नागरिकतासहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर बैंकबाट पैसा चोरी भएको हो ।
पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । यस्तै १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको पनि राजधानी दैनिकले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १२ मंसिर २०७६, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?