देवघाटको वडा कार्यालय भवनको शिलान्यास

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, १६ : ०७
देवघाटको वडा कार्यालय भवनको शिलान्यास

देवघाट । देवघाट गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको शिलान्यास गरीएको छ । एक कार्यक्रमको आयोजना गरी देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले शिलान्यास गर्नुभएको हो ।
 
देवघाटको काफल डाडामा करिब २ रोपनी जग्गामा करिब ७७ लाखको लागातमा २ तले भवन निर्माण  हुने भएको छ । ४ नम्बर वडा कार्यालय सो भवनको भुइतला आर सि सि र माथिल्लो तल्ला ट्रस  रहने गरि भवन निर्माण हुने छ । जिल्ला समन्वय समिति तनहुँबाट ४० लाख र बाकी नपुग रकम देवघाट गाउँपालिकाले थप्ने जनाएको छ । ४ नम्बर वडा कार्यालयको सो भवन निर्माणको लागि एस आर निर्माण सेवा एण्ड सप्लायर्स प्रालिसंग सम्झौता भैसकेको छ । आउदो असार मसान्त सम्ममा भवन निर्माण भैसक्ने निर्माण पक्षले जनाएको छ । 

शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका दुर्ग बहादुर थापाले देवघाट गाउँलालिकाको ५ वटा वडामा २, ३ र ४ नम्बर वडामा वडा कार्यालय भवन नहुदा वडाको सम्पुर्ण कामहरु गर्न कठिन भएको हुनाले जिल्ला समन्वय समिति तनहुँसंग समन्वय गरि भवन निर्माण कार्यलाई अगाडी बढाएको बताउनुभयो ।  बाकी २ र ३ मा पनि चाडै नै वडा भवनको शिलान्यास गरि भवन निर्माण कार्य संगै देवघाट गाउँपालिकाको कार्यालय भवनको पनि  यो चालू आर्थिक वर्षमा शिलान्यास गरि भवन निर्माण कार्यलाई अगाडी बढाउने  लक्ष्य रहेको उहाले बताउनुभयो । बाकी अर्को आर्थिक वर्षमा भने १ र ५ नम्बरको वडा भवन बनाउने सहमति भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा बिशेष अतिथिका रुपमा रहनुभएका देवघाट गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले वडा कार्यालय भवन नहुदा सोच अनुरुप सेवा सुबिधाहरु दिन पनि  कठिन भएको हुनाले जति सक्दो राम्रो  गुणस्तरीय भवनको निर्माण गरि सम्पुर्ण सेवाग्राहीहरुलाई सरल तरिकाले सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । 

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदी, देवघाट गाउँपालिकाका नेकपाका अध्यक्ष भुवनसिंह गुरुङ, देवघाट गाउँपालिकाका नेपाली कांग्रेसका सभापति प्रेम गुरुङ, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट गाउँपालिकाका कार्यापालिका सदस्य अनिता गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी, देवघाट गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, देवघाट गाउँपालिकाका वांश  संयोजक कृष्णराज पन्त, एस आर निर्माण सेवा एण्ड सप्लायर्सका शेर बहादुर चापागाईं लगायतको उपस्थित रहेकोे थियो । 
सो कार्यक्रम देवघाटको ४ नम्बरका वडा अध्यक्ष पदम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस