चितवन । ट्याक्टरबाट खस्दा भरतपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नबलपुर गैंडाकोटका ५५ बर्सिय खागिराम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका २६ खयरघारिमा सिसैबाट खयरघारी तर्फ जाँदै गरेको ना ७ त ४७० नम्बरको ट्याक्टरबाट अचानक खस्दा पछाडिको चक्काले किच्दा उनको मृत्यु भएको हो । धान लोड गरेको ट्याक्टरको माथी चढेर जाँदै गर्दा खसेका रानाको सोमबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० मंसिर २०७६, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु