जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा आज बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक आज बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।
गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक आज बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा स्कुटर दुर्घटनामा परि दुई जनाको मृत्यु
सर्पको डसाइबाट बालकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका बेला करेन्ट लागेर युवकको मृत्यु