जलेश्वर । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा आज बिहान एक युवक मृत भेटिएका छन् । नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक आज बिहान सो मन्दिरको धर्मशालामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।
गए राति सो मन्दिरमा भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक आज बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक युवकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर उनको मृत्यु के कति कारणले भएको हो भन्ने स्पष्ट हुनका लागि उनको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु