काठमाडौं । बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार गरेका छन् । बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये रघुवीर महासेठबाहेक अरु गएनन् ।
‘शनिबार प्रधानमन्त्री निवासबाट केही निम्तो आएको थियो रु’ भन्ने प्रश्नमा पूर्व मन्त्री थममाया थापाले अनौपचारिक रुपमा खबर आए पनि आफू सामान मिलाउनमै व्यस्त रहेकाले प्रधानमन्त्रीको निम्तो मान्न नसकेको जानकारी दिइन् । त्यस्तै, पूर्वमन्त्री लालबाबु पण्डितले पनि आफू थप एक–दुई दिन व्यस्त रहने प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्री कार्यालयबाट आएको निम्तोबारे मलाई थाहा छैन,’ उनले भने, ‘म दुई दिन जति कोठा मिलाउने काममै व्यस्त हुन्छु ।’ थापा र पण्डित मात्र होइन, रघुवीर महासेठबाहेक बर्खास्तीमा परेका मन्त्री पनि रात्रिभोजमा अनुपस्थित रहे । तिनैमध्ये एक पूर्वमन्त्रीले आत्मसम्मानका लागि राजनीति गर्नेहरुलाई खान बोलाएर फकाउन खोज्नुको अर्थ नहुने प्रक्रिया दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री