काठमाडौं । गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
प्रहरीले खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ र १ फिट ३ इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो ।
प्रहरीले बा. १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नं.को मोटरसाइकल बरामद गरेको छ । छालासहित पक्राउ पर्नेहरु गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७ वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् । पक्राउ गरिएको छाला र छ आरोपीहरुलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ मंसिर २०७६, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ