बौद्ध विश्वविद्यालयका लेखापाल घुस सहित पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, १६ : ४२
बौद्ध विश्वविद्यालयका लेखापाल घुस सहित पक्राउ

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालय रुपन्देहीमा कार्यरत लेखापाल घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस