लहान । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले शनिबार राति जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका अमरेश यादव र पङ्कज यादवलाई पक्राउ गरेको हो ।
भारतीय बजारतर्फबाट स१०प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
यसैगरी अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सिरहा प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टाबाट चार पशुचौपाया बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका चार गोरु बरामद गरेको हो ।
त्यसैगरी सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा करीब तीन हजार गाँजा बोट नष्ट गरेको छ । प्रहरी चौकी सन्हैठाले सिरहा नगरपालिका–२२ सन्हैठामा स्थानीयवासीले लगाएको दुई हजार ५ सय बोट तथा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–२२ डाँडाटोलमा १ सय बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ मंसिर २०७६, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ