काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउनुभएको छ ।
दाङमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले अन्य मुद्दा अहिलेको अवस्थामा गौन भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्सा सार्वजनिक गरेकाले यसलाई गम्भीरतापूर्वक सरकारले लिनुपर्ने बताउनुभयो ।
“सरकारकै नेतृत्वमा यस विषयमा सम्वाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ, यो विषयमा काँग्रेस सरकारको साथमा छ, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ ’’, शर्माले भन्नुभयो । उहाँले काँग्रेस सरकारमा रहेको बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्या रहेका कारण समस्या समाधान गर्न नसकिएको स्पष्ट पार्नुभयो ।
‘‘अहिले मुलुकमा दुई तिहाईको सरकार छ, त्यसमा पनि काँग्रेसले समर्थन गरेपछि सबै नेपाली एकठाउँमा उभिएको बेला सीमाविवाद मिलाउनुपर्छ’’, उहाँले भन्नुभयो, “यो विषयमा प्रतिपक्ष र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्नु हुँदैन् ।”
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ मंसिर २०७६, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा