काठमाडौं । उच्च अदालत, पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे काठमाडौं जिल्ला अदालतसँग प्रतिवेदन माग गरेको छ ।
संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका महराले आफूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।
जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ मंसिर २०७६, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह