काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, एमफिल समाजशास्त्र र प्रा चैतन्य मिश्र फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘नेपालमा समाजशास्त्र ः शिक्षा, स्वास्थ्य र समृद्धि’ विषयक एकदिने विचार गोष्ठीमा उहाँले संविधान कार्यान्वयन भएमात्र मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा समृद्धि आउने उल्लेख गर्नुभयो ।
“नेपालको संविधानले महिला, दलित, आदिवासी, अपाङ्ता भएका व्यक्ति, मधेसीलगायतको अधिकारलाई स्थापित गरेको छ, समृद्ध मुलुक निर्माणका लागि संविधान कार्यान्वयन आवश्यक छ”, नेता शर्माले भन्नुभयो ।
नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिले महिला, दलित, सुकुम्बासी, आदिवासी र जनजातीलाई सशक्तीकरण गरेमात्र मुलुकको विकास हुने बताउनुभयो । “सङ्घीयताको कार्यान्वयन भएमात्र समाजवादको बाटोमा मुलुक अगाडि बढ्छ”, उहाँले भन्नुभयो । नेता गिरीले केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले न्यायोचित बजेट विनियोजन गरेमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा उषा झाले कर्मचारीतन्त्र केन्द्रीकृत भएकाले सङ्घीयताको कार्यान्वयनमा समस्या उत्पन्न हुँदै गएको बताउनुभयो । राजनीतिक विश्लेषक तुलनारायण शाहले मधेस आन्दोलनका कारण मुलुकमा सङ्घीयता निर्माण भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयलाई अनुसन्धान गर्ने केन्द्रका रुपमा अगाडि बढाउनुुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागले छ वर्षदेखि यस्ता छलफल र बहस चलाउँदै आएको विभागका प्रमुख टीकाराम गौतमले जानकारी दिनुभयो । सो अवसरमा शिक्षा, स्वास्थ्य र समृद्धिको बारेमा छुट्टाछुट्टै समूह बनाएर समूहगत छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०५ मंसिर २०७६, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा
मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए: जनार्दन शर्मा
जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाँटी समाउनु हुँदैन: जनार्दन शर्मा
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : जनार्दन शर्मा