जो ट्याक्सीमा घर फर्किए

सफल खबर संवाददाता

विहीबार, ०५ मंसिर २०७६, १५ : १६
जो ट्याक्सीमा घर फर्किए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीमण्डल गठन गरेसँग निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रममन्त्री गोकर्ण विष्ट मन्त्रालयबाट ट्याक्सी चढेर घर फर्केका छन् ।

उनी मन्त्रालय पुगेर नयाँ मन्त्रीलाई स्वागत गर्दै र कर्मचारीलाई धन्यवाद दिँदै  भाडाको ट्याक्सी चढेर निवास फर्किएका हुन् ।बुधबार साँझ प्रधानमन्त्री ओलीले गरेको मन्त्रीमण्डल हेरफेरमा बर्खास्तीमा परेका मन्त्री बिष्ट बिहीबार मन्त्रालय पुगेका थिए। बिष्ट मन्त्रालयबाट सिंहदरबारको दक्षिणी ढोकासम्म हिँडेर पुगे, अनि ट्याक्सी खोजे ।

एकछिनमा ट्याक्सी आएपछि चढेर हात हल्लाई बिदा भए । 

बिष्टले इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गरेको बताएका थिए। राम्रो काम गदौगर्दै विष्टलाई हटाइएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस