काठमाडौं । सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आज टीकाप्रसाद कँडेल, विर्खबहादुर विक, टोपबहादुर श्रेष्ठ, धनबहादुर तामाङ र बिजबहादुर घिसिङलाई अदालतका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “निजहरुले कुनै पनि अशान्ति मच्चाउने खालको फौजदारी कसुर गरेको देखिँदैन, गैरकानूनी तवरबाट प्रवृत्त धारणा राखी बन्दी बनाइएको देखिँदा तत्काल थुनामुक्त गर्नु ।”
गैरकानूनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गर्दै टीकाप्रसाद कँडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ मंसिर २०७६, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च र काठमाडौँ जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी दर्ता
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
प्रतिनिधि सभा पुनर्स्थापनामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
डेढ महिनापछि सर्वोच्चको वेबसाइट सञ्चालनमा
संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट निवेदनहरू पेश हुने क्रम बढ्यो