तुलसीपुर । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ ।
सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । यही मङ्सिर १४ गते क्षेत्र नं ३ को (ख) मा उपनिर्वाचन हुँदैछ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह