काठमाडौं। दातृ निकायहरूले प्रतिबद्धता गरेअनुरूप बजेट विनियोजन नगरेका कारण नेपालजस्ता कम विकसित मुलुकले दिगो विकास लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।
विकसित मुलुकले कुल राष्ट्रिय आयको ०.०९ प्रतिशत मात्र सहायता रकम विनियोजन गरेकाले सो लक्ष्य हासिल हुन नसक्ने अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको कम विकसित मुलुकको प्रतिवेदनमा उल्लेख छ । दातृ मुलुकहरुले दिगो विकास लक्ष्य हासिल गर्नका लागि ०।१५ देखि २ प्रतिशतसम्म सहायता विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
दातृ निकायहरूले कम रकम विनियोजन गर्दा सन् २०२२ सम्ममा ४७ वटा राष्ट्रहरूको स्तरोन्नति नहुने देखिएको छ । संयुक्त राष्ट्रसंघले गरेको अध्ययनअनुसार कम विकसित मुलुकहरू दातृ निकायहरूको ऋणमा डुब्दै गएका छन् ।
सो अध्ययनले पाँचवटा राष्ट्र अति जोखिममा रहेको जनाएको छ । दातृ निकायले राज्यलाई भन्दा सामाजिक संस्थाहरूमार्फत सहयोग गर्दा पूर्वाधारको विकास हुन नसकेको पनि अध्ययनले औंल्याएको छ ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०४ मंसिर २०७६, ०७ : ४२
लेखकबाट थप