काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गर्नुभएको छ ।
धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताउनुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गर्नुभएको छ ।
धमला तत्कालीन नेकपा ९माओवादी केन्द्र०का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत हुनुहुन्थ्यो । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०३ मंसिर २०७६, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव