‘जेलबाटै प्रहरीलाई धम्की’

पत्रपत्रिकाबाट

मंगलबार, ०३ मंसिर २०७६, ०८ : १३
‘जेलबाटै प्रहरीलाई धम्की’

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्व मन्त्री तथा काँग्रेस सांसद मोहम्मद आफताब आलमले जेलबाट स्थानान्तरणका लागि काँग्रेस नेता रामचन्द्र गिरीलाई माग पत्र बुझाएका छन् ।
मागपत्रमा आलमले रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै उनीहरुको राम्रो नहुने चेतावनी दिएका छन् । ‘वो एसपी (भुपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होला,’ आलमले लेखेका छन् । प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राख्ने गरेको छ ।  कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस