‘गुड न्युज’ ट्रेलरमा अक्षय र करीनाको भरपुर कमेडी

एजेन्सी

सोमबार, ०२ मंसिर २०७६, १६ : ५५
‘गुड न्युज’ ट्रेलरमा अक्षय र करीनाको भरपुर कमेडी

मुम्बई । अभिनेता अक्षयकुमार र अभिनेत्री करीना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’का ट्रेलर सार्वजनिक भएको छ ।
फिल्म भित्र रहेको कमेडी प्लट समेटिएको ट्रेलरमा अक्षयकुमार, करिनाको अलवा दिलजीत दोसान्झ र कियारा आडवाणी समेत देखिएका छन् ।
यस अगाडि फिल्मका तीन पोस्टर सार्वजनिक गरिएको थियो । जसमा मध्य एकमा अक्षयकुमार दुई गर्भवती महिलाको पेटको बिचमा देखिएका थिए ।
फिल्मको कथा दुई जोडी बत्रा परिवारको हो । दुबै जोडीले बच्चा पैदा गर्न इन विट्रो फर्टिलाइजेशन आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । दिलजीत –कियारा र अक्षय –करीनाको गुड न्युजका बीचमा सबै कुरो उल्टोपुल्टो हुन्छ । 
सोही क्रममा करीनामा दिलजीत र कियारमा अक्षयका स्पर्म ट्रान्फर हुन्छ । जव स्पर्म मिक्स हुन्छ । तव फिल्मको कहानी अगाडि बढ्छ । 
ट्रेलर सार्वजनिक हुने बितिकै दर्शकले पनि निकै मन पराएका छन् । ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ फिल्मबाट दर्शकले निकै मनोरन्जन लिन सक्छन् ।
‘गुड न्युज’ मार्फत लामो समयपछि करीना र अक्षयले एकसाथ काम गरेका हुन् । करण जौहरको यो फिल्म २७ डिसेम्बरमा सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

 

प्रतिक्रिया दिनुहोस