पक्राउका क्रममा आलमले मान्छे मार्ने धम्की दिएको खुलासा

पत्रपत्रिकाबाट

सोमबार, ०२ मंसिर २०७६, ०८ : १६
पक्राउका क्रममा आलमले मान्छे मार्ने धम्की दिएको खुलासा

काठमाडौँ । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै मान्छे मार्नेु धम्की दिएको खुलासा  भएको छ । 

२ मिनेट २४ सेकेन्डको भिडियोमा उनले यसो भनेका छन् स्

आलमःतपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरीःकहाँ हामीले ठट्टा ठानेका छौं हजुर । माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।
आलमः (गाडीमा हात बजार्दै० हँ... यो जिल्लामा आग (आगो) लाग्छ, आग ।
प्रहरीःशान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।
आलमःयो जिल्लामा आग (आगो) लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस...(उनी आफ्नो मोबाइल फोन हेर्छन्)
प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।
आलमःमैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।
प्रहरीःहैन माननीयज्यू ।
आलमःअब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।
प्रहरीःमाननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ?
आलमः(चिच्याउँदै) हँ... एकदम हुन्छ, हुन्छ, हुन्छ ।
प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।
आलमः(प्रहरीतर्फ औंला ठड्याउँदै्र) तपाईं (डीएसपी नवीन कार्की) र एसपी (भूपेन्द्र खत्री) लाई हत्कडी लगाउँछु ।
प्रहरीःठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।
आलमःअब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।
प्रहरीःशान्तिसुरक्षा गर्ने दायित्व हजुर (आलम) को पनि हो ।
आलमःतपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।
प्रहरीःबरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।
आलमः(चर्को स्वरमा) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।
प्रहरीःहामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।
आलमःहोइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट...
प्रहरीःमाननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।
आलमःहोइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर र इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा
हुन्छन् अब ।
प्रहरीःकेका निम्ति हजुर । हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।
आलमःहोइन, तपाईं दुइटा पुलिस राखेर.. (शब्द बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नु हुनेछ ।
प्रहरीःहजुरले मलाई कहाँ दोष दिन मिल्छ र । हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।
आलमःहैन, हैन ।
प्रहरीःहजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं । कान्तिपुर दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस