एमालेभित्र राष्ट्रपति बन्न लबिङ

पत्रपत्रिकाबाट

बुधबार, २४ माघ २०७४, ०७ : ०९
एमालेभित्र राष्ट्रपति बन्न लबिङ

एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।

बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन् ।

एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन् ।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।

गत महिना माओवादी अध्यक्ष दाहाल परिवारलार्य राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र दाहाललार्य बोलाएर लन्च मिटिङ गरेकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस