काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उहाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा