काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जापान उड्न लागेका पोर्चुगिज नागरिक टियागो मेन्डेस पेरेइरालाई गत साउन ३ गते पक्राउ गर्यो । उनको साथबाट ४ केजी दुई सय ग्राम प्रिकर्सर केमिकल्स भनेर चिनिने लागूपदार्थ एम्फेटामाइन बरामद भएको थियो । टियागो पक्राउ परेको २७ दिनपछि भारतको नयाँ दिल्लीमा सूचना प्रविधि पढ्दै गरेका अफ्रिकी देश गाम्बियाका अजसी स्टेन अरनुस साउन ३० गते ठमेलको एक होटलबाट पक्राउ परे ।
उनीहरूमाथि अहिले प्रहरीका तीन फरक–फरक निकायले अनुसन्धान गरिरहेको छ । यो मुद्दाको आवरणमा लागुऔषध देखिए पनि मानव तस्करी र पैसाको अवैध कारोबार जोडिएको छ । टियागोले बयानका क्रममा आफूले अजसीबाट एम्फेटामाइन सेवन गर्ने गरेको बताए पछि प्रहरीले उनीबारे थप खोजी सुरु गर्यो ।
एम्फेटामाइन अन्तर्राष्ट्रिय माफिया समूहले अन्तरदेशीय कारोबार गर्दै आएको लागूऔषध हो । धनाढ्य लागूऔषध सेवनकर्ताहरूको रोजाइमा पर्ने यसको मुल्य अन्र्तराष्ट्रिय बजारमा प्रति केजी ५ करोड रुपैयाँभन्दा बढी छ ।
अजसी पक्राउ परेपछि एम्फेटामाइनको अन्तर्राष्ट्रिय कारोबारमा नेपाल कसरी ट्रान्जिट बनिरहेको छ भन्ने गुत्थी सुल्झिने आस प्रहरीले गरेको थियो । तर उनले कहाँबाट यो लागूऔषध पाए भन्ने प्रश्नको उत्तर दिएनन् । बरु अनुसन्धानकै क्रममा प्रहरीले अन्र्तराष्ट्रिय मानव तस्करीको धन्दामा उनको संलग्नता पत्ता लगाएको छ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुकका नागरिकलाई नेपाल हुँदै अनेकन रुट प्रयोग गरेर युरोप र अमेरिका लैजाने काममा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ मंसिर २०७६, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ