रौतहटमा बस्न चाहन्थे आलम

पत्रपत्रिकाबाट

आइतबार, ०१ मंसिर २०७६, ०७ : ५५
रौतहटमा बस्न चाहन्थे आलम

आलम : म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ ।

प्रहरी : तपाईंलाई अरु नै कारागारमा राख्ने आदेश छ ।

आलम : म अन्त जान्नँ ।

प्रहरी : तपाईंलाई काठमाडौँको कारागार लैजाने निर्णय भइसकेको छ ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएपछि पूर्वमन्त्री तथा सांसद मोहम्मद आफताब आलम र प्रहरीबीच शुक्रबार राति भएको संवाद हो । कान्तिपुर दैनिकका अनुसार त्यसक्रममा प्रहरी र आलमबीच भनाभन पनि हुन्छ । पुर्पक्षको आदेशलगत्तै आलमले प्रहरीलाई गाली पनि गर्छन् । चर्को स्वरमा आफूलाई रौतहटबाट अन्त्य न लैजान आग्रह गर्छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ । शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी ९कम्युनिटी रिह्याबिटेसन सेन्टर० ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्याइएको थियो । शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन कारागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस