नवलपरासी । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताउनुभएको छ ।
कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारी दिनुभयो ।
उहाँले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गर्नुभयो । मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिनुभयो ।
“घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पु¥याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो ।
उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले बाह्य पर्यटक बढाउन मद्दत पुगेको बताउनुभयो । सो अवसरमा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित घरबासको उद्घाटन गर्नुभयो । तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ मंसिर २०७६, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ
ढोरपाटनमा एक वर्षमा पुगे २३ हजार पर्यटक
एक लाख २२ हजार पर्यटकबाट गोरखा दरबार सङ्ग्रहालयको अवलोकन
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी