काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ ।
प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए ।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्छ । यसअघि नियमित फलोअपका लागि बैंकक जाने प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए । सिंगापुरमा उनले पहिले खाने औषधि परिवर्तन गरिएको थियो । औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए ।
स्वास्थ्यमा समस्या भएपछि उनी गत कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए । १३ र १४ गते ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना