काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ ।
प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुईपटक डायलासिस गरिएको थियो ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत साउनमा पहिला खाँदै आएको औषधि परिवर्तन गरेका थिए ।
मिर्गौला प्रत्यारोपण गरेका बिरामीले त्यसको कार्य सन्तुलन कायम राख्न औषधी खाइरहनु पर्छ । यसअघि नियमित फलोअपका लागि बैंकक जाने प्रधानमन्त्री गत साउनमा सिंगापुर गएका थिए । सिंगापुरमा उनले पहिले खाने औषधि परिवर्तन गरिएको थियो । औषधिको नकारात्मक असर देखिएपछि भदौमा प्रधानमन्त्री ओली फेरि सिंगापुर गएका थिए ।
स्वास्थ्यमा समस्या भएपछि उनी गत कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए । १३ र १४ गते ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारी राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले मानेको र ठानेको छैन: ओली
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली