सक्किगोनिको मार्मिक दृश्य जहाँ  सीमामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु हुन्छ

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, २० : १४
सक्किगोनिको मार्मिक दृश्य जहाँ  सीमामा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु हुन्छ

काठमाडौँ  ।  नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको  टेलिश्रृङ्खला सक्किगोनिको नवौँ एपिसोडसम्म आइपुग्दा दर्शकले अत्याधिक रुचाएका छन् । 

युट्युवमा अपलोड भएको २४ घण्टापनि नबित्दै दर्शकको १२ लाख हाराहारीमा भ्यूज पाएको छ ।  ओएसआर डिजिटलको युट्युब च्यानलमा बिहीबार राति अपलोड भएकोमा शुक्रबार साँझसम्म करीब १२ लाखले हेरिसकेका हुन् । 

बिहीबारको एपिसोडमा भारतले नेपालको सीमाना मिचेको विषयलाई मार्मिक रुपमा उठाइएको थियो । जसमा देशभक्त नेपालीले सीमा रक्षाका लागि भारतीय सीमा सुरक्षा बलसँग मुकाबिला गर्दैगर्दा भारतीय पक्षबाट गोली चलाइन्छ । भारतीय सीमा सुरक्षा बलमा एक गोरखा सैनिक पनि हुन्छन् । सो क्रममा भारतीय पक्षबाट चलाएको गोली नेपालीलाई लाग्न नदिइ उनले आफ्नो छाती थाप्छन् र उनको मृत्यु हुन्छ । 

‘जहाँसुकै बसेपनि आखिर नेपाली नेपाली नै हुन्छ दाइ, जेमा भर्ति भएपनि यो देशलाई दुख्दा हामी सबैको मन रुन्छ, त्यसैले मरेर हार्यो भन्ने नसम्झनु होला । वीर गोरखालीको सन्तान हो । कुनै पनि हालतमा एक इन्च सीमा पनि मिच्न नदिनु होला’, मर्नेबेलामा उनले यसो भन्दै गर्ला श्रृङ्खला निकै भावुक रुपमा अन्त्य हुन्छ । 

तर देशभक्त नेपालीले सीमाबारे यतिधेरै चासो दिँदा नेताहरु भने मौन बसेको विषयलाई कडा कटाक्ष गरिएको छ । 

बिहीबारको नवौँ एपिसोड हेरेपछि दर्शकहरुले टेलिश्रृङ्खला निकै मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस