चिप्लेढुङ्गा । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको छ । यसै क्रममा शुक्रबार पोखरा–१५ रामबजारमा चुनावी अभियान गरेको छ । रामबजारवासीले घरदैलोमा कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईलाई देखेपछि राजनीतिको उचाइमा हजुरलाई देख्न चाहन्छौँ भन्दै शुभकामना दिएका छन् ।
विकासको दीर्घकालीन योजनासहित वृद्धवद्धाको सहारा बनेको नेकपाप्रति आफूहरुको अगाध विश्वास रहेको भन्दै भट्टराईलाई साथ दिने प्रतिबद्धता व्यक्त गरे । घरदैलो कार्यक्रममा पुग्नुभएकी उम्मेदवार भट्टराईलाई स्थानीय समाजसेवी एवं भूतपूर्व सैनिक लालकाजी गुरुङले अविचलित राजनीतिक यात्राको शुभकामना दिँदै नेकपा आफ्नो आशा र भरोसाको पार्टी भएको बताउनुभयो ।
त्यस्तै स्थानीय ९३ वर्षीया पुण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताउनुभयो । “वृद्धाभत्ता दिने पार्टी नेकपा वृद्धवृद्धाको एक मात्रा सहारा हो”, उहाँले उम्मेदवार भट्टराईलाई जीतको शुभकामना समेत दिनुभयो ।
घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा उम्मेदवार भट्टराईले भूपूसैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टीले लिने बताउनुभयो । उहाँले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिनका लागि नै आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
कोणसभामा नेकपाका केन्द्रीय सदस्य चुडामणि जङ्गलीले ‘समृद्ध पोखरा, सुखीपोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताउनुभयो । समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको जानकारी दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइप लाइन विस्तारलगायतका कार्यहरु नेकपा सरकारले गरेको बताउनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय