भक्तपुर । पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक विकास र वेरोजगारीको अन्त्य भएको वताएका छन्। आज भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा वोल्दै नेता नेपालले भने -' अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ।' नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने वताए।
भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डिपि ढकाललाई जिताउन नेपालले अपिल गरे। ' डिपि ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार छ, सिङ्गो प्रदेश सरकार छ , सिङ्गो नगरपालिका छ।' भन्ने जिकिर गर्दै नेपालले थपे -' त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।' चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे। सभामा उम्मेदवार डिपि ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ कार्तिक २०७६, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल