Safal Khabar - राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)
राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी
बुधबार, २७ कार्तिक २०७६, ०७ : २३
राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

काठमाडौं । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्षपछि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट, कर्मचारी व्यवस्थापनलगायतका विषयमा अध्ययन शुरू गरेको छ।

यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो।

Yeti Diistillery
nic asia

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एक–दुई दिनभित्र राजपत्रमा सूचना प्रकाशित गरी विकास समितिको प्रमुख नियुक्ति प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘विकास समिति बनाउने सरकारको निर्णयलगत्तै अन्य छनोट प्रक्रिया शुरू गरेका छौं।’विकास समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था छ। विकास समितिमा मन्त्रालयले आवश्यक पर्ने जनशक्ति राख्ने विषयमा गृहकार्य शुरू गरेको छ।

मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङसहितको टोलीले गएको कात्तिक १३ गते संग्रहालयको अवस्था, आवश्यक पर्ने थप जनशक्ति, गणतन्त्र स्मारक सञ्चालन गर्न आवश्यक तयारीलगायतको विषयमा छलफल गरेको थियो। टोलीले संग्रहालय प्रशासनलाई दरबन्दीको विवरण उपलब्ध गराउन आग्रह गरेको थियो।

विसं २०६५ फागुन १५ गतेदेखि संग्रहालयका रूपमा सर्वसाधारणलाई खुला गरेपछि विकास समितिमार्फत सञ्चालन गर्ने तयारी गरिएको थियो।
तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले सर्वसाधारणलाई श्रीपेच अवलोकन गर्ने व्यवस्था गरेलगत्तै नारायणहिटी संग्रहालयलाई विकास समितिमा लैजाने तयारी भएको थियो।

वर्तमान मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुआतमै विकास समितिमार्फत संग्रहालय सञ्चालन गर्ने गरी तयारी गर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो।

भ्रमण वर्ष शुरू हुनुअघि संग्रहालयका अन्य संरचनासमेत अवलोकन गर्ने व्यवस्थासहित विकास समिति बनाउने अन्तिम तयारीमा जुटेको उहाँको भनाइ छ। करिब सात सय ५४ रोपनी क्षेत्रफलमा पैmलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले दर्जनभन्दा बढी संरचना निर्माण गरिसकेको छ। नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस