बारा । फेटा गाउँपालिका–६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्। मंगलबार दिउँसो फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा–जगतपुर सडक खण्डमा पर्ने डोरा पुल नजिकैबाट अज्ञात समुहले बैंकका कर्मचारीसँग चार लाखको हाराहारीमा रकम लुटेर भागेको बारा प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बैंकका कर्मचारी जीवन खडकाले पुरैनियाबाट संकलन गरि प्रसौनी लैजान लागेको चार करिब लाख रकम अज्ञात समुहले लुटेको र लुटेरा समुहलाई खोज्ने कार्य शुरु गरिएको बताए।
भारतीय नम्बर प्लेटमा आएका दुई जनाले बन्दुर देखाएर रकम लुटेर भारततीर भागेको अनुसन्धानबाट खुलेको खनालले बताए।
यो खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ कार्तिक २०७६, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?