बारा । फेटा गाउँपालिका–६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्। मंगलबार दिउँसो फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा–जगतपुर सडक खण्डमा पर्ने डोरा पुल नजिकैबाट अज्ञात समुहले बैंकका कर्मचारीसँग चार लाखको हाराहारीमा रकम लुटेर भागेको बारा प्रहरीले जनाएको छ।
बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बैंकका कर्मचारी जीवन खडकाले पुरैनियाबाट संकलन गरि प्रसौनी लैजान लागेको चार करिब लाख रकम अज्ञात समुहले लुटेको र लुटेरा समुहलाई खोज्ने कार्य शुरु गरिएको बताए।
भारतीय नम्बर प्लेटमा आएका दुई जनाले बन्दुर देखाएर रकम लुटेर भारततीर भागेको अनुसन्धानबाट खुलेको खनालले बताए।
यो खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ कार्तिक २०७६, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने