भारतले अफवाह फैलाउन थाल्यो, सचेत होऔं : लिलामणि पोखरेल

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, ०८ : ३१
भारतले अफवाह फैलाउन थाल्यो, सचेत होऔं : लिलामणि पोखरेल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको लिम्पियाधुरासम्मको सिमामा अतिक्रमण गरेर बसेको भारतले अहिले अफवाह फैलाउन खोजेकोले सचेत हुनुपर्ने वताएका छन् ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सा नेपालका लागि दःुखद भएपनि यसले लिम्पियाधुरासम्म नेपालको भारतसँगको सिमाना भएको विषयमा देशभित्र राष्ट्रिय एकता कायम गरेको सुखद परिणाम आएपछि भारतले अफवाह फैलाउन खाजेको बताएका छन् । उनले सामारिक महत्वको कालापानी क्षेत्र आफुले छोडन नसक्ने भन्दै भारतले अनेक भ्रम छर्न खोजेकोले नेपाल सरकार सचेत वन्नुपर्ने वताएका हुन् ।

‘हामीलाई भारतीय पक्षले के गर्छ भन्ने होइन, आफनो देशको सार्वभौमिकताको रक्षाको विषय महत्वको हो । अहिले भारतले अनेक भ्रम छर्न  खोजेको छ, नेपाल सरकार र नेपाली जनता सचेत बन्न जरुरी छ,’ पोखरेलले भने ।

भारतले नेपालभित्रको राष्ट्रिय एकतापछि त्यस्तो भ्रम छर्न खोजेको पोखरेलको भनाई छ । उनका अनुसार, भारतीय पक्षले  कालापानी क्षेत्र सामरिक महत्वको भएकोले  नेपालसँग एक सय वर्षका लागि लिजमा लिने, नेपालको सार्वभौमसत्ता स्वीकार गरिदिने र कर तिर्ने गरी लिने पहिलो दोस्रो जमिनको सट्टाभट्टा गरिदिने प्रस्ताव पनि भारतीय पक्षबाट आउन थालेको छ । भारतले त्यो कालापानी  क्षेत्र लिने र त्यसको सटटामा अर्काे कुनै क्षेत्र नेपाललाई दिने उसको दोश्रो अफवाह आएको पोखरेलको भनाई छ ।

तेश्रो भारतले सिमा विवादमा रहेको कालापानी र सुस्ता क्षेत्र मध्ये सुस्ता नेपाललाई छोडने र त्यसमा भारतले दाबी नगर्ने अनि कालापानी आफुले लिने र त्यसमा नेपालले दाबी नगर्ने गरी विकल्पका रुपमा प्रस्ताव अगाडी सार्न थालेको पोखरेलको भनाई छ । सुस्ता र कालापानी दुवै नेपालको भूमि भएको भन्दै उनले भारतीय त्यस्तो अफवाहको पछि लाग्न आवश्यक नरहेको वताए । सरकारले यस विषयमा सचेत भएर अगाडी वढनुपर्ने उनको भनाई थियो ।
 

प्रतिक्रिया दिनुहोस