तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिकामा शनिबार आयोजना गरेको घुम्ती शिविरबाट २१२ ले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
घरदैलोमा पुगेर सर्वसाधारणलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित गाउँपालिकाको सहकार्यमा गरिएको घुम्ती शिविरबाट ९३ पुरुष र ११९ महिलालाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सर्वसाधारणलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नागरिकता बनाउन सदरमुकाम दमौलीसम्म आउनुपर्ने बाध्यता रहेकाले सर्वसाधारणको सुविधाका लागि गाउँमा नै घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष थापाले प्रशासन कार्यालयले स्थानीयस्तरमा नै आएर नागरिकता वितरण गरिदिँदा स्थानीयवासीलाई राहत मिलेको बताउनुभयो । प्रशासन कार्यालयले यसअघि पनि देवघाट गाउँपालिकामा दुईपटक घुम्ती शिविरमार्फत नागरिकता वितरण गरिसकेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा समेत घुम्ती शिविरको आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ कार्तिक २०७६, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
छयानब्बे वर्षमा नागरिकता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस