पर्सा । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको रु १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटबी आर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बी आर ०६ ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका तीनै जना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही रु छ लाखका दरले कूल रु १८ लाख नेपाली बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनै जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
उहाँले बरामद् गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसेकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोवारमा संलग्न रकम भएको प्रहरीले आशङ्का व्यक्त गरेको छ । सीमा क्षेत्रमा पछिलो समय हुण्डीको कारोवार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोवारको हुनसक्ने प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ