रामचन्द्र पौडेलसँग रुष्ट बन्दै अमेरिका उडे प्रकाशमान

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, ०९ : ३२
रामचन्द्र पौडेलसँग रुष्ट बन्दै अमेरिका उडे प्रकाशमान

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवासँग मुकाविला गर्ने नीति बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै समूहका नेताहरुको तारो बन्न थालेका छन् ।

आफूलाई अप्ठ्यारो पर्दा मात्र समूह खोज्ने, अन्य बेला आफू खुसी चल्ने रामचन्द्रको शैली भएको भन्दै उनकै समूहका नेताहरु उनीसँग असन्तुष्ट बन्न थालेका छन् । पछिल्लो पटक नेता पौडेलसँग प्रकाशमान सिंह आगो बनेका रहेछन् ।

पौडेलको कार्यशैलीसँग रुष्ट बनेका सिंहले रामचन्द्र पौडेलले आफू अप्ठ्यारोमा परेका बेला मात्र टिम खोज्ने गरेको र अन्य बेला आफ्नै टिमका नेताहरुको मतलव नगर्ने गरेको भन्दै आक्रोश पोखेका छन् । सिंह अहिले अमेरिका पुगेका छन् । श्रीमतीसहित अमेरिका उडनुअघि सिहंले आफूलाई भेट्न पुगेका कांग्रेस नेताहरुलाई अप्ठ्यारोमा मात्र पौडेलले आफूलाई सम्झिने गरेको दुखेसो गरेका थिए ।

पौडेलसँग सिंहले चित्त दुखाउनुको कारण उमेदवार छनौटमा देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा आफूलाई ननिम्ताइनुलाई बनाएका रहेछन् । देउवाले पदाधिकारी बैठक डाकेर उम्मेदवार चयनको छलफल गराएका थिए ।

त्यसमा पदाधिकारीमा नरहेका वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला निम्ताइएका थिए । तर सिंहले देउवाले नबोलाए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई जाऔं भनेको भए आफू जाने र बुढानिलकन्ठ पुगेपछि देउवाले बाहिर राख्न नसक्ने भन्दै पौडेलसँगै असन्तुष्टी पोखेका थिए ।

आफू पार्टी महामन्त्री र उपसभापति समेत भइसकेको व्यक्ति रहेको, सिटौलालाई निम्ताइएपछि आफूलाई पनि सहभागी गराएको भए उपयुक्त हुने भन्दै यसमा देउवा भन्दा पनि पौडेल नै दोषी रहेको गुनासो प्रकाशमान सिंहले गदै आएका छन् ।
पौडेलले आफूलाई पनि बोलाउनुपर्ने अडान लिएको वा आफूलाई पनि साथमा लिएर गएको भए देउवाले रोक्न नसक्नेमा पौडेलले नै मिनिमाइज गर्ने काम गरेको गुनासो सिंहले आफू निकट नेताहरुसँग गरेका छन् ।

आफू अमेरिकाबाट फर्केपछि पौडेलसँग पनि यस विषयमा आफूले कुरा राख्ने निचोडमा सिंह पुगेको उनी निकट कांग्रेस कार्यकर्ता बताउँछन् । 

प्रतिक्रिया दिनुहोस