काठमाडौं । २०७७ साललाई ११ महिना बनाउने पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको प्रस्वाव सरोकारवालाले अस्वीकार गरेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पर्वसुधार समितिले पुनः अघि सारेको ११ महिने वर्षविरुद्ध मन्त्रालयबाटै गठित नेपाल पञ्चांग निर्णायक समितिले लागू हुनै नसक्ने बताएको छ।
पर्वसुधार समितिले पञ्चांगसँग छलफल बिनै ०७७ साललाई ११ महिना बनाउने अवधारणा बिहीबार सार्वजनिक गरेको हो। यसअघि ०६५ सालमा मन्त्रिपरिषद्ले निर्णय गरी ०६७ साललाई ११ महिने बनाउने भनी घोषणा गरेको थियो। पर्वसुधार समितिका अध्यक्ष हरिनारायण मल्लका अनुसार ०६६ सालको सौर्य महिना चैतलाई हटाइ त्यसको सट्टा ०६७ वैशाख बनाउने निर्णय गरेको थियो।
‘धार्मिक पर्वहरूको समय बिग्रेकाले पर्व सुधार आवश्यक छ’, उनले भने, ‘चार दिसा बिग्रँदा चार धामको आधार नष्ट हुन्छ त्यसैले सच्याउनुपर्छ।’ उनका अनुसार धर्मशास्त्रका शब्दहरू नबदल्न राशि नक्षत्र र महिनाका नाउँ पनि १/१ महिना सार्न आवश्यक छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २२ कार्तिक २०७६, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्षाले कैलालीमा डुबान, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह