काठमाडौँ । डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरूङ पुगेका छन् । महरा कारागार चलान भएपछि उनलाई भेट्न जाने पहिलो नेता बनेका छन् गुरुङ ।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि कारागार रहेका महरा भेट्न गुरूङ बिहीबार बिहान पुगेका हुन्।
आफूले महरासँगको भेटमा मुख्यगरी दुई विषयमा कुराकानी गरेको गुरूङले बताए। स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ, ‘गुरूङले भने,‘उहाँले कानुनी परामर्श खोजिराख्नुभएको थियो, त्यसबारे पनि कुरा भयो।’ उहाँको स्वास्थ्यबारे बढी कुराकानी भएको गुरुङले बताए ।
महराको बिहीबार पनि स्वास्थ्य अवस्थाको परीक्षण भइराखेको उनले जानकारी दिए। महरा जिल्ला अदालत काठमाडौंको आदेश पछि सोमबारदेखि जेलमा छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ