उमेदवारी दर्ता गर्दै कांग्रेसका पौडेलले भने– कहिले लेबर पार्टीले जित्छ, कहिले कन्जरभेटिभ आउँछ

विहीबार, २१ कार्तिक २०७६, १४ : १३
उमेदवारी दर्ता गर्दै कांग्रेसका पौडेलले भने– कहिले लेबर पार्टीले जित्छ, कहिले कन्जरभेटिभ आउँछ

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा उमेदवारी दिएका कांग्रेसका प्रत्यासी खेमराज पौडेलले आफूले जित्ने दावी गरेका छन् । 
बिहीबार मनोनयन गर्दा गर्दै पौडेलले भने, बेलायतामा पनि कहिले लेबर पार्टीले जित्छ, कहिले कन्जरभेटिभ आउँछ, यहाँ पनि त्यस्तै हुन्छ । 
उनले सञ्चारकर्मीहरुसँग प्रश्न गरे– ट्रम्पले जित्छन् भनेर कसैले ठान्याथ्यो रु आखिरी जिते त ।’ उनले सत्तारूढ नेपाल  कम्युनिस्ट पार्टीले यसअघिको निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धता पूरा नगरेकाले आफ्नो जित सुनिश्चित भएको तर्क गरे । उनले आफ्नो जितको आधार जनता भएको तर्क गर्दै भने, ‘कांग्रेस स्थिरताको पक्षधर भए पनि सरकारको गतिविधिले अस्थिरता सिर्जना भएको छ ।’


 

प्रतिक्रिया दिनुहोस