नेपाल सरकारले भन्यो,– कालापानी क्षेत्र हाम्रो हो, भारतको एकपक्षीय  निर्णय मान्दैनौं

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १७ : ५१
नेपाल सरकारले भन्यो,– कालापानी क्षेत्र हाम्रो हो, भारतको एकपक्षीय  निर्णय मान्दैनौं

काठमाडौं । सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ । 

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने स्पष्ट पारेको छ । 

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा “दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” भनिएको छ । 

नेपाल सरकार नेपाल अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा ककूटनीतिक माध्यमबाट हुनुपर्नेमा पनि सरकारले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस