काठमाडौं । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण मन्दिरको नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रूपमा सो दिन सार्वजनिक बिदा दिने भएको उप–प्रमुख अधिकारीले बताउनुभयो ।
उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा ठूलो एकादशी, हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा विशेष मेला लाग्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ कार्तिक २०७६, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा