४३ जना पूर्वअस्थायी शिक्षक गिरफ्तार

सफल खबर संवाददाता

मंगलबार, १९ कार्तिक २०७६, १७ : २३
४३ जना पूर्वअस्थायी शिक्षक गिरफ्तार

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी लगाउने भनि प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा पुगेका ४३ जना पूर्वअस्थायी शिक्षक प्रहरीले गिरफ्तार गरको छ ।
प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक गिरफ्तार गरेको हो । कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले बताए ।
सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए । पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् ।
सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ। विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस