धम्बोझी । लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ ।
बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
तीनै जनालाई लागुऔषध शीर्षकमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ कार्तिक २०७६, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ
चितवनमा मानव बेचबिखनको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ