काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको दावी गरेका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा महराले यस्तो बयान दिएका हुन् ।
महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ । बयान सकिएपछि शुक्रबारदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
महराले जिल्ला सरकारी वकिल कार्यालयले गरेको निरन्तर बयानका क्रममा पनि आफू त्यही बाटो भएर गए पनि रोशनीको घरमा भने नपसेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वसभामुख महराको थुनछेक बहस आजदेखि
पूर्व सभामुख घर्ती र महराले फर्काए संसदको गाडी