धम्बोझी । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्र्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।
भाईटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरीे तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो । त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाँस काट्ने क्रममा रुखबाट खसेर युवकको मृत्यु
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता
कश्मिरमा डुंगा पल्टिँदा चार जनाको मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
पर्यटकलाई घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु